पोखरा, २२ जेठ । कोरोना भाइरस (कोभिड–१९)को संकमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।