तनहुँमा थप २ जनामा कोरोना देखियो

-


     मर्दी न्युज    
     २३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २३ जेठ । तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार ऋषिङ गाउँपालिकाका ३९ र ४ण् वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

संक्रमितहरु ऋषिङ गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् । संक्रमितलाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।



Tags: