म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

-


     मर्दी न्युज    
     २३ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रवार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमारको सेनाको एयरफोर्स जहाजमार्फत उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहीबेर पहिले आइपुगेका हुन ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ । उनीहरुलाई नेपाली सेनाले तयार पारेको होल्डिङ्ग सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।