काठमाडौं । बिहान स्थगित भएको संयुक्त अरब इमिरेट्स (युएई)बाट १६८ जना नेपाली नागरिक लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको छ ।
युएईको सारजहाँ एयरपोर्टबाट उडान नम्बर जी ९ः १७५१ नम्बरको विमान १६८ जना नेपाली यात्रु लिएर स्थानीय समयअनुसार १२ ः ०३ मा उडेको हो ।
सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो ।
परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेका अनुसार नेपाली फिर्ता ल्याउने प्रक्रियामा दुबैतर्फ कुरा मिलेकाले उडान समय परिवर्तन गरेर भएपनि नेपाली नागरिकको उद्धार गरिएको हो । जहाजमा एक नेपालीको शव पनि छ ।
विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ ।