कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुग्यो

-


     मर्दी न्युज    
     २३ जेष्ठ २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । कोरोना भाइरस (कोभिड– १९) जितेर शुक्रबार थप ४३ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोना भाइरस जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेमा कोशी अस्पताल विराटनगरबाट २७ छन् । उनीहरु धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सप्तरी, सुनसरी र झापाका हुन् । त्यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पतालबाट १३ जना निको भएर घर फर्किएका छन् भने धरानबाट ३ जना डिस्चार्ज भएका छन् ।

यससँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ ।



Tags: