पोखराबाट ३ दिन अघि काठमाडौं लगिएका व्यक्तिमा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     २३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । पोखराबाट तीन दिन अघि उपचारका लागि काठमाडौं लगिएका एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा बस्दै आएको उनी जेठ १९ मा बेहोस भेटिएपछि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालले काठमाडौं लैजान सुझाएपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत कास्कीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अहिले उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न शुरु गरिसकेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ट्रेसिङको काम शुक्रबार दिउँसोबाटै कन्ट्याक्ट ट्रेसिङ थालेको छ । अहिलेसम्म कोरोना संक्रमित नभेटिएको कास्कीमा यो केसपछि भने खतरको घन्टी बजेको छ ।

उनी पोखरा–८ मा बस्दै आएका थिए ।



Tags: