संक्रमित ३ जनालाई पोखराको क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना

-


     मर्दी न्युज    
     २४ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कास्कीमा शनिवार कोरोना भाइरसको संक्रमण देखा परेका ३ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) भर्ना गरेका छन । सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचारको डेडिकेटेड अस्पताल तोकेसँगै उनीहरुलाई भर्ना गरिएको हो ।

शनिवार बिहान पुष्टि भएका रुपा गाउँपालिकाका क्वारेन्टाइनमा बसेका २३ र ३२ वर्षीय २ जना र पोखराको लेकसिटी हस्पिटलको क्वारेन्टाइनमा रहेका ५९ वर्षीय १ जना गरी ३ जना पुरुष डेडिकेटेड अस्पतालको आइसोलेसनमा भर्ना भएको क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य सामान्य छ । शनिवार पुष्टि भएका थप ३ जनासहित कास्कीमा कोरोना भाइरस संक्रमितको संख्या ४ जना पुगेको छ ।

जेठ १५ मा क्षेत्रीय अस्पतालमा भर्ना भएकी स्याङ्जाकी संक्रमित भने शनिबार जिल्लामा रहेको कालिका सामुदायिक अस्पतालमा स्थानान्तरण गरिएको निर्देशक आचार्यले जानकारी दिएका छन् ।



Tags: