गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो

-


     मर्दी न्युज    
     २५ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २५ जेठ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशक डा. शर्माका अनुसार स्याङ्जाका वालिङ नगरपालिका तथा भीरकोट नगरपालिकाका गरी १४ जनामा कोरोना संक्रमण देखिएका छन् । त्यस्तै बागलुङका बडिगाढ गाउँपालिका र ढोरपाटन नगरपालिकाका १० जना, गोरखाका पालुङटार नगरपालिका र गण्डकी नगरपालिकाका १० जना, पूर्वी नवलपुरकाका हुप्सेकोट गाउँपालिकाका ४ जनामा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा जिल्लामा भने पहिलोपटक कोरोना संक्रमण देखिएको हो ।



Tags: