सुनचाँदीको कारोबार खुला, सुन तोलामा १० हजारले महंगियो

-


     मर्दी न्युज    
     २५ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौं । चैत ८ गतेबाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो ।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोतामाम करिब १० हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।