पोखरा महानगरपालिकाको आइसोलेसनमा उपचाररत थप १ जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     २६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २६ जेठ । पोखरा महानगरपालिकाको आइसोलेसनमा उपचाररत थप १ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा महानगरपालिका स्थायी ठेगाना भएका ४२ वर्षीय ति पुरुषको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले सोमवार बिहान विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन् ।

निर्देशक डा. शर्माले पोखराको आइसोलेसनमा रहेका उनलाई थप उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।



Tags: