पोखरा, २६ जेठ । गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन उपचाररत स्याङ्जाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्याङ्जा जिल्ला स्थायी ठेगाना भएका ६० वर्षीय ति पुरुषको आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।
सोमवार बिहान एक विज्ञप्ति प्रकाशित गरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले उनको मृत्यु भएको पुष्टि गरेको हो ।
कोरोना संक्रमणका कारण प्रदेशमा मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।