सोमवार थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

-


     मर्दी न्युज    
     २६ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । सोमवार थप ३१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

सोमवारसम्ममा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५६ हजार ९९१ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ९७१ परीक्षणहरु गरिएका छन् ।

त्यस्तै आइसोलेसनम ३ हजार २६० जना रहेका छन् भने अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्। कोरोना संक्रमणका कारण नेपालमा हालसम्म १४ जनाले ज्यान गुमाएका छन्।



Tags: