अन्ततः स्थानीयको विरोधबीच रिठ्ठाघाटमा कोरोना संक्रमितको शव गाडियो

-


     मर्दी न्युज    
     २६ जेष्ठ २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २६ जेठ । कोरोना भाइरस संक्रमणका कारण आइतबार राती ज्यान गुमाएका स्याङ्जाका ५८ वर्षीय पुरुषको स्थानीयको विरोधबीच रिठ्ठाघाटमा अन्त्येष्टि गरिएको छ । दिउँसो पोखरा ११ र २० का स्थानीयले रिठ्ठाघाटमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको शव गाड्न नदिने विरोधमा उत्रिए पनि अन्नतः त्यहीँ व्यवस्थापन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित स्याङ्जा वालिङ ३ का ५८ वर्षीय पुरुषको मृत्यु भएपछि शव व्यवस्थापन गर्ने काम टाउको दुखाइ बनिरहेको थियो । कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरुको शव कहाँ कसरी व्यवस्थापन गर्ने भन्नेबारे पूर्व तयारी हुन नसक्दा व्यवस्थापनमा चुनौती देखा परेको हो ।

शव गाड्नका लागि घाटमा जेसिबिले खाल्डो खनिसक्दा स्थानीय विरोधमा उत्रिएर आफूले प्रयोग गरिरहेको घाट नदिने बताएका थिए । उनीहरुमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।