गण्डकी प्रदेशमा मंगलवार थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

-


     मर्दी न्युज    
     २७ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, २७ जेठ । गण्डकी प्रदेशमा मङ्गलवार थप २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), म्याग्दी र बागलुङमा संक्रमण फेला परेको हो । नवलपरासीमा १२ जना, म्याग्दीमा ३ जना र बागलुङमा ११ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी गराएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनिहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी म्याग्दी जिल्ला बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको उनले जानकारी गराएका छन् ।

यसैगरि बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षका ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले आज बिहान प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

उनिहरु सबैलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले बताए ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।



Tags: