रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या

-


     मर्दी न्युज    
     २७ जेष्ठ २०७७ मा प्रकाशित


रुपन्देही, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । तिलोतमा नपा मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेको बुझिएको छ ।

कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले जानकारी दिए । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतकमध्ये चार पुरुष एक महिला रहेका छन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरी रहेको बताइएको छ ।