पोखरा । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विश्वमा ४ लाखभन्दा धेरैको ज्यान गइससकेको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार बुधवार बिहानसम्म विश्वभरमा ४ लाख १३ हजार ६२५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
विश्वभर कोरोनाले हालसम्म ७३ लाख १६ हजार ८२० जना संक्रमित भइसकेको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा संक्रमितको संख्या २० लाख ४५ हजार ५४९ रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख १४ हजार १४८ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिका पछि ब्राजिलमा संक्रमितको संख्या ७ लाख ४२ हजार ८४ जना संक्रमित भइसकेको छ भने ३८ हजार ४९७ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै रसियामा ४ लाख ८५ हजार २५३, बेलायतमा २ लाख ८९ हजार १४०, स्पेनमा २ लाख ८९ हजार ४६ र भारतमा २ लाख ७६ हजार १४६ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।
यी देशहरुमा ज्यान गुमाउनेमा क्रमशः रसियामा ६ हजार १४२, बेलायतमा ४० हजार ८८३, स्पेनमा २७ हजार १३६ र भारतमा ७ हजार ७५० जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वभर ३६ लाख २ हजार ५०२ जना कोरोना संक्रमित उपचारपछि निको भइ फर्किसकेका छन् भने ३३ लाख ६९३ जनाको उपचार भइरहेको छ । यसमध्ये ५४ हजार २२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।