राष्ट्रियताबारे संसद्‍मा असाधारण राष्ट्रिय एकता देखियोः प्रधानमन्त्री ओली

-


     मर्दी न्युज    
     २८ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको उनले बताए ।

बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विदेशबाट आएकाहरु सबैको एकैपटक पीसीआर गर्न नसकिएको स्वीकार गरेका छन् । ओलीले पीसीआर परीक्षण गर्ने नेपालको हालको दैनिक क्षमता ४/५ हजार रहेकोमा विदेशबाट दैनिक ७/८ हजार आएकाले सबैको एकैपटक पीसीआर गर्न सम्भव नभएको बताएका हुन् ।

कोरोना महामारीमा विश्वका कुनैपनि राष्ट्र तयारी आवस्था नभएका कारण पीसीआर मेशिनको अभावले गर्दा सरकारले चाहेर पनि ढिला हुन गएको बताएका हुन् ।