पोखरा । स्याङ्जाका जिल्ला अस्पतालमा कोरोना संक्रमण पुष्टि भई उपचाररत वालिङ तथा गल्याङका गरी ३ जनाले कोरोना जितेर आज डिस्चार्ज भएका छन ।
बुधबार घर फर्किनेमा वालिङका २१ वर्षे पुरुष र गल्याङका २७ र ४० वर्षे पुरुष छन् । ‘वालिङका पुरुषमा १४ जेठ र गल्याङका पुरुषमा १८ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आज बिदाई गरेर घर पठाएको जिल्ला अस्पताल स्याङ्जाले जनाएको छ ।
स्याङ्जाका ३ संक्रमित घर फर्किएसँगै गण्डकी प्रदेशमा कोरोनालाई जित्नेको संख्या ६ पुगेको छ । यसअघि बागलुङका २ र लमजुङका १ गरी ३ जना निको भइसकेका छन् ।