काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई उनले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
सांसद गिरीले नेपालको संविधान दोस्रो संशोधन विधेयक खारेज गर्न माग गर्दै बुधबार संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । गिरीको उक्त प्रस्तावको चौतर्फी विरोध भइराखेको बेला पार्टीलेसमेत उनलाई कारबाहीको चेतावनी दिएको हो ।
मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।