सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार विद्यालयहरूमा क्वारेन्टिन बनाएकाले तत्काल परीक्षा सम्भव नभएको भन्दै एसईई नगर्ने र अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुनेछ ।
गएको ६ चैतका लागि तोकिएको एसइई परीक्षा कोरोना जोखिमका कारण सरकारले मुलुकमा बन्दाबन्दी गर्ने निर्णय गरेपछि स्थगित भएको थियो ।
अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।