कोरोना संक्रमणका कारण विश्वभर ४ लाख १८ हजार १३७ को मृत्यु

-


     मर्दी न्युज    
     २९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कोरोना संक्रमणका कारण विश्वभर ४ लाख १८ हजार १ सय ३७ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी १ लाख १५ हजार १ सय ३० रहेको छ। त्यस्तै, बेलायतमा ४१ हजार १ सय २८, ब्राजिलमा ३९ हजार ७ सय ९७, इटालीमा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ।

विश्वभर ७४ लाख ४६ हजार २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा २० लाख ६६ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै ब्राजिलमा ७ लाख ७५ हजार १ सय ८४, रुसमा ४ लाख ९३ हजार ६ सय ५७, बेलायतमा २ लाख ९० हजार १ सय ४३, स्पेनमा २ लाख ८९ हजार ३ सय ६० र भारतमा २ लाख ८७ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३७ लाख ३० हजार ५६ जना निको भइ घर फर्किएका छन् । संक्रमणमुक्त हुने देशमा अमेरिकामा ८ लाख ८ हजार ४ सय ९४, ब्राजिलमा ३ लाख ८० हजार ३ सय, बेलायतमा २ लाख ५२ हजार ७ सय ८३ जना रहेका छन् ।

विश्वभर ३२ लाख ९८ हजार ३० जनाको उपचार भइरहँदा यसमध्ये ५३ हजार ८ सय १२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको तथ्याङ्कले देखाएको छ ।



Tags: