कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पाेखरेली युवाकाे आक्रोश

-


     मर्दी न्युज    
     २९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै पोखराका युवाहरुले आक्रोस पोखेका छन् ।

बिहीवार पोखराको राष्ट्रबैंक चोकदेखि शहीदचोकसम्म ११ बजेदेखि १२ बजेसम्म उनीहरुले पाँचवटा घेरा बनाएर विभिन्न नाराअंकित प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।

स्वतन्त्र पोखरेली युवाहरुको नाममा स्वतः स्फूर्त सहभागी युवाले ‘असुरक्षित क्वारेन्टाइन बन्द गर, हेलो सरकारले आवाज सुन्दैन, आरडीटी बन्द गरलगायतका नाराअंकित प्लेकार्ड बोकेका थिए ।

आरडीटी र पीसीआर चेकजाँचमा नागरिकलाई विभेद गरेको कार्यक्रमका संयोजक सलैजा श्रेष्ठले आरोप लगाउँदै सबै नागरिकको समान व्यवहार गर्न आग्रह गरिन् । देशका विभिन्न ठाउँका क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो सुनिएको भन्दै सरकारले नसके आफूहरुले निःशुल्क रुपमा सेवा दिन तयार रहेका बताए ।

एक घण्टाको धर्नापछि नाराबाजी गरेका युवाहरुले राष्टबैंक अगाडि उश्रृङ्खल गतिविधि गर्न थालेपछि तितरबितर पार्दै दुईजनालाई पक्राउ गरेको सहभागी एक युवाले बताए ।