पोखरा । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । शुक्रवार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाका सोही क्वारेन्टाइनमा रहेका १८, ३२, ५८ र ५९ वर्षीय ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९२ पुगेको छ । यसअघि आज बिहान नवलपुरको मध्यविन्दु नगरपालिकाका १७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको निर्देशक डा. शर्माले बताए ।