पोखरा । १० जुनमा भित्रिने मनसुन यो वर्ष दुई दिन ढिलो गरी शुक्रबार मुलुकको पूर्वी भागमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही दिनमै पूर्वी भागबाट पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।
सामान्यतया जेठ २७, २८ (जुन १०) देखि नेपालमा मनसुन सुरु हुन्छ भने असोज पहिलो सातासम्म (सेप्टेम्बर २३) मनसुनी गतिविधि जारी हुन्छ ।