पोखरा, ३१ जेठ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार संक्रमित हुनेमा पर्वत जिल्ला ४ जना रहेका छन् । पर्वतका कुश्मा नगरपालिकाका सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ६ का १ जना बालक र वर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
त्यसैगरी पर्बत जिल्लाकै जलजला गाउँपालिकाका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिकाका कुश्माकै क्वारेन्टाइनमा रहेका वर्ष १६ का १ जना पुरुषमा कोरोनको संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाका सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई जिल्लाका रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक डा. विनोदविन्दु शर्माले जनाए । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।