रोग प्रतिरोधी क्षमता बढाउन तमु प्ये ल्हु संघमा होमियोप्याथिक औषधि वितरण

-


     मर्दी न्युज    
     ३१ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । आम नागरिकको रोग प्रतिरोधी क्षमता बढाउन तमु प्ये ल्हु संघमा होमियोप्याथिक औषधि वितरण गरेको छ । अल नेपाल होमियोप्याथिक एशोसियसनको तत्वाधान तथा तमु प्ये ल्हु संघको आयोजनामा किरण होमियोप्याथिकले आज शनिवार तमु प्ये ल्हु संघमा आबद्ध विभिन्न समितिलाई होमियोप्याथिक औषधि वितरण गरेको हो ।

अल नेपाल होमियोप्याथिक एशोसियसनका गण्डकी प्रदेशका डा. विष्णुप्रसाद चापागाईले होमियोप्याथिक औषधी अहिलेको भाईरस विरुद्ध बढि प्रभाबकारी भएको र यसको कुनै पनि असरहरु नहुने बताउँदै मेडिकल साईन्सबाट समेत पुष्टि भएको बताए । उनले होमियोप्याथिक औषधी तथा उपचार पद्धति धेरै पुरानो पद्धति भएको र यसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने बताए ।

सो अवसरमा उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्ने क्षमता होमियोप्याथिक औषधीमा हुने भएकाले अन्य एलोप्याथिक औषधी सेवन गरिराखेकाहरुले पनि सेवन गर्न सकिने बताए ।
‘यो होमियोप्याथिक औषधी अहिलेको भाईरसविरुद्ध बढि प्रभाबकारी छ, मधुमेह, उच्च रक्तचापलगायतका रोगको औषधी सेवन गरिराखेकाहरुले पनि यसलाई सहजै सेवन गर्न सकिन्छ’, उनले भने, ‘यसको असरहरु नहुने मेडिकल साईन्सबाट समेत पुष्टि भएको छ ।’

तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष आईबहादुर ल्हेंगे तमुले स्वागत मन्तव्य राखेका थिए । संघका महासचिव हर्कबहादुर योज तमुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट भौतिक दुरी कायम गरी आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गर्दै तमु प्ये ल्हु संघले अघि सारेका आप्mना गुरुयोजनाअनुसार अघि बढ्न आग्रह गरे । यसै आर्थिक वर्ष २०७७÷०७८ मा तमु प्ये ल्हु संघले तमु ऐतिहासिक क्षेत्र क्होलाको पुनः उत्खनन् गर्ने बताउँदै त्यसको लागि संघ लागि परेको जानकारी दिए ।