काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधसभाको शनिवारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए ।
नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’
प्रतिनिधिसभामा संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा दाहालले उक्त कुरा बताएका हुन् । प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे ।