राष्ट्रिय अखण्डताका लागि सबै एकता छ : देउवा

-


     मर्दी न्युज    
     ३१ जेष्ठ २०७७ मा प्रकाशित


फाइल तस्बिर

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै देउवाले सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे ।

देउवाले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताएका छन् ।