नयाँ नक्शा पारित भएसँगै मदन भण्डारी फाउण्डेशनद्वारा पोखरामा दीप प्रज्ज्वलन

-


     मर्दी न्युज    
     ३१ जेष्ठ २०७७ मा प्रकाशित


तस्विरः गंगा घले

पोखरा । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नेपालको नक्सालाई संसदबाट जारी गरेको दिन नेपाल र नेपालीको खुशीको दिन मान्दै मदन भण्डारी फाउण्डेशनले दीप प्रज्ज्वलन गरेको छ ।

पोखराको जिरो किमीमा नेपालको झन्डा सहित शनिवार साँझ ५ बजे फाउडेशनका पदाधिकारी तथा आम नागरिक भेला भई दीप प्रज्ज्वलन गरेका हुन् ।

लिम्पियाधुरा, लिपुलेक सहित समेटेर जारी गरेको नेपालको नयाँ निशान छाप नक्सा प्रतिनिधि सभाबाट पारित भएपछि फाउण्डेशनले सरकारलाई धन्यवाद ज्ञापन गर्दै खुशीयालीमा दीप प्रज्ज्वलन गरेका हुन् ।

तस्विरः गंगा घले