पोखरा, ३२ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय नजिक पुगेको छ । आइतबार बिहान नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिकाका वर्ष २३ र ३२ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ९९ पुगेको छ ।
संक्रमितहरु देवचुली नगरपालिकाकै क्वारेन्टाइनमा रहेका व्यक्तिमा पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोन संक्रमणबाट निको हुनेको संख्या १६ पुगेको छ ।