पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ ढकालबारिमा शनिबार राति गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने पहिरोमा परेर ६ जना बेपत्ता भएका छन् ।
पहिरोमा परी स्थानीय तुलबहादुर थापा, मीन कुमारी थापा र नातिनी विविशा थापा पहिरोले पुरेर मृत अवस्थामा फेला परेको प्रहरीले बताएका छन् । शनिवार राती ८ बजे आएको पहिरोमा परी ६ जना बेपत्ता भएको छ ।
बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा ,कमला विक, जेनिस विक र प्रमिशा विक रहेको प्रहरीले जानकारी दिएका छन् ।
राति नै घटनास्थलमा पुगेको आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर खोजी र उद्धार थालेको पर्वत प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए ।