पोखरा, ३२ जेठ । आइतबार एकैदिन ४२५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
नयाँ संक्रमितहरुमध्ये मोरङमा २५, सुनसरीमा १ , झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९ , सर्लाहीमा ६ जना, रौटहटमा २५ ,नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४ , डोटीमा ३ , कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३/३, रुकुम पश्चिममा २ , प्युठानमा २, दाङमा ५४ जना छन् ।
त्यसैगरी धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलापरासी पश्चिमका २जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् । हालसम्मको संक्रमित जिल्ला ७३ रहेको छ ।
मन्त्रालयका अनुसार आइतबारसम्म पीसीआर विधिबाट एक लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट २ लाख १० हजार ७ सय २१ को नमुना परीक्षण गरिएको छ ।
आइतबार ६१ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । हालसम्म ९ सय ७४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
मन्त्रालयकाअनुसार गुल्मी, धुर्कोट गाउँपालिकाको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १९ पुगेको छ ।