अब निजी अस्पतालका ल्याबले पनि कोरोना परीक्षण गर्न दिने सरकारको निर्णय, खर्च सरकारले व्यहोर्ने

-


     मर्दी न्युज    
     ३२ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दिने निर्णय सरकारले गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने जानकारी दिए । प्रवक्ता गौतमका अनुसार निजीमा गरिएको परीक्षणको शुल्क भने सरकारले व्यहोर्ने छ।

त्यस्तै विदेश जानका लागि भिसा वा  निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि तीनवटा अस्पतालमा नमुना सं‌कलन गर्ने डा. गौतमले बताए । काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुनेछ ।