काठमाडौं । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । उनीहरूको हत्या भएको प्रहरीको नष्कर्ष छ ।
नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटिएको प्रहरीको भनाइ छ ।
अन्तरजातीय विवाह गर्न खोज्ने नवराज विकसहित ६ जनाको हत्या भएको थियो । यो कार्यमा संलग्न ३४ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । त्यसमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ ।
रुकुम प्रहरी स्रोतका अनुसार घटनामा संलग्न वडाध्यक्ष लगायतमाथि ज्यान मुद्दाको अभियोग छ ।