पोखरा, १ असार । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर (नवलपरासी, बर्दघाट सुस्ता पूर्व)मा सोमवार बिहान थप एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ५ पुगेको छ ।
संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिकाको २० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमित सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेको र उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको । यसअघि आजै तनहुँका ५ जनामा कोरोना पुष्टि भएको थियो । सोमवार बिहान मात्रै गण्डकी प्रदेशका तनहुँ र नवलपुरमा गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।