तस्विर: तुल सिंह गुरुङको वालबाट।
पोखरा, १ असार । विश्वप्रख्यात पर्वतारोही तथा गोरखा जिल्लाका प्रथम सगरमाथा आरोही स्व. ईमान सिंह गुरुङको पुर्णकदको शालिक निर्माण गरिएको छ ।
उहाँकै जन्मस्थल गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं ४ मा स्थापना गरिएको शालिक बनाउने काममा मनासलु फाउन्डेसनको सक्रियता तथा नेपाल पर्बतारोहण संघको आर्थिक सहयोगमा बनेको हो ।
सफल पर्यटन व्यवसायी, पर्वतारोहण प्रशिक्षणका अभियन्ता, नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहनुभएका स्व. गुरुङले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने छ भने शालिक निर्माणले उहाँको स्मृति जिवन्त राख्ने कामको कोशेढुङ्गा हुने बिश्वास गरिएको छ ।
साथीभाइहरुको बीचमा ठुलो ईमानको रूपमा परिचीत स्व.गुरुङको सन २००५ को अक्टोबर महिनामा मनाङ्ग जिल्लाको काङ्गगुरु हिमाल एक्सपिडिसन जाने क्रममा हिउँपहिरोमा परि निधन भएको हो ।