पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कोरोना भाइरस रोकथाम कार्यक्रमको लागि ६० करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
बजेटमा कोरोना भाइरस रोकथाम कार्यक्रमको लागि ६० करोड ४० लाख विनियोजन भएको छ । सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न विशेष कार्यक्रम ‘व्यवसाय जीवन रक्षा कोष’को लागि एक अर्ब विनियोजन गरेको जनाएको छ ।