प्रदेश सरकारले सडक तथा पुलको लागि ६ अर्ब १७ करोड विनियोजन

-


     मर्दी न्युज    
     १ असार २०७७ मा प्रकाशित


पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को सडक तथा पुल निर्माण कार्यक्रमको लागि ६ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ ।

सोमबार प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको केन्द्र जोड्ने सडक र विभिन्न सडक निर्माण कार्यक्रमलाई निरन्तरता दिंदै ६ अर्ब १७ करोड ३ लाख बजेट विनियोजन गरेको बताए ।
त्यस्तै सञ्चालनमा रहेका विभिन्न सडकलाई मर्मत सम्भार गरी सुचारु गर्न २४ करोड ५५ लाख विनियोजन गरेको बताए ।

प्रदेशले बृहत पोखरा चक्रपथ, भिमाद–डेढगाउँ–अरुणखोला सडक, शालिग्राम करिडोर र आरुघाट–सिर्दिबास–रुइला भन्ज्याङ सडकको निर्माण कार्यलाई निरन्तरता दिंदै १६ करोड २० लाख बजेट विनियोजन गरेको मन्त्री गुरुङले बताए ।