पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी मंगलवार बिहान १८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितहरुमा स्याङ्जा चापाकोट नगरपालिकाका ४ जना, गोरखा जिल्लाका गोरखा नगरपालिकाका ८ र बारपाक सुलिकोटका २ जना, नवलपुरका विनयत्रिवेणी गाउँपालिकाका १ र मध्यविन्दु नगरपालिकाका १, कास्कीका पोखरा महानगरपालिकाका २१ वर्षीय १ र बागलुङ ताराखोला गाउँपालिकाका १ रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।