कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ३६ हजार ३०६

-


     मर्दी न्युज    
     २ असार २०७७ मा प्रकाशित


एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ३६ हजार ३०६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

मंगलवार बिहानसम्म विश्वभर गरी संक्रमितको संख्या ८० लाख १४ हजार ५५४ पुगिसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिका छन् । अमेरिकामा मात्रै संक्रमितको संख्या २१ लाख १३ हजार २६६ पुगेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १६ हजार १३५ पुगेको छ ।

त्यस्तै अमेरिका पछि धेरै ब्राजिलमा फैलिएको छ । ब्राजिलमा ८ लाख ८८ हजार २७१ जना संक्रमित छन् । त्यस्तै रुसमा ५ लाख ३६ हजार ४८४, भारतमा ३ लाख ३२ हजार ४२४ र बेलायतमा २ लाख ९८ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिका पछि कोरोना संक्रमणबाट धेरै नागरिकको ज्यान गुमाउने राष्ट्रमा ब्राजिल छन् । ब्राजिलमा ४३ हजार ९५९ जना, बेलायतमा ४१ हजार ८२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको उक्त विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर हालसम्म निको हुनेको संख्या ३८ लाख ३८ हजार ३६१ पुगेको छ । सबैभन्दा धेरै निको हुनेमा अमेरिका नै अग्रपंक्तिमा छन् । अमेरिकामा हालसम्म ५ लाख ७६ हजार ३३४ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै ब्राजिलमा ४ लाख ७२ हजार ३१३, रसियामा २ लाख ८४ हजार २१ जना निको भएर घर फर्किसकेका छन् ।



Tags: