पर्यटकीय आकर्षणका केन्द्रहरु बिस्तारै खुल्दैछन।

-


     मर्दी न्युज    
     असार २ गते २०७७ मा प्रकाशित



पोखरा: असार २ गते, २०७७
बिश्वब्यापी महामारी कोभिड-१९ को संक्रमणको डरले २०७६ चैत १० गते बाट सुरुभएको बन्दाबन्दी( लक डाउन ) यही २०७७ असार १ गतेबाट केहि खुकुलो भएको छ। देशभरमा संक्रमितहरु को संख्या छ हजार भन्दामाथि पुगिसकेको अबस्था भएतापनी आधारभुत जनताको दैनिक जिबनयापन एकदमै कष्टकर बनेकोले लक डाउनलाई केहि खुकुलो बनाइएको हो।
पर्यटन क्षेत्र कोरिनाको कारण एकदमै प्रभावित छ। लक डाउन खुकुलो बनेपनी तत्काल पर्यटकहरु आउने र पर्यटकिय गतिविधिमा तीव्रता आउने संभावना भने छैन।
यसैबीच, पोखरा को चर्चित पर्यटकिय गन्तब्य अन्तर्राष्ट्रिय पर्बतिय संग्रहालय भने हिजो असार १ गतेबाट खुल्न थालेको छ। हिजोदेखि नै सम्पुर्ण कर्मचारीहरु ले हाजिरी जनाएका छन। सामाजिक दुरि कायमगरि प्रशासनिक काम, सरसफाइ तथा मर्मतसंभार का कामहरु( बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म ) संचालन भएतापनि आम आगन्तुकहरु तथा पर्यटकहरु को लागि अर्को सूचना प्रकाशन नहुन्जेलको लागिखुल्ला गरिएको छैन।
नेपाल पर्बतारोहण संघको मातहतमा रहेको केन्द्रिय कार्यालय , अन्तर्राष्ट्रिय पर्बतिय संग्रहालय, रातोपैर्हो पोखरा तथा नुवाकोटको ककनी स्थित तालिमकेन्द्र तथा पर्बतारोही स्मृति उध्यान को लागि विभिन्न सेवा, सुबिधा, सप्लाइ सम्बन्धित बोलपत्र टेन्डर आव्हान गरिएको जनाइएको छ।