खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षको निधन

-


     मर्दी न्युज    
     २ असार २०७७ मा प्रकाशित


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान निधन भएको छ ।  क्यान्सर रोगबाट गस्त रहेका उनको गाउँपालिका वडा २ लुक्लास्थित घरमा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूका अनुसार घरैमा आराम गरिरहेका उनको बिहान निधन भएको हो । जातीय संस्कार सकेर उनको तीन दिनपछि अन्तिम संस्कार गरिने भएको छ । 

क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंस्थित निदान अस्पतालमा उपचार गराइरहेका थिए । उनी केही समययता घर फर्केर आराम गरिरहेका थिए । 

उनी तत्कालीन नेकपा एमालेबाट उम्मेवार भइ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।- ईकान्तिपुर