पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको ९० वर्षीय पुरुष र तनहुँका २ जनामा गरी ३ जना संक्रमित भेटिएकाे स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनाेदविन्दु शर्माले जानकारी दिए ।
तनहुँका संक्रमितमध्ये शुक्लागण्डकी नगरपालिकाका क्वारेन्टाइनमा रहेका वर्ष १२ र २४ का दुई जना पुरूषहरू हुन । आज बिहान मात्रै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा मंगलवार दिउँसोसम्म संक्रमितको संख्या २२६ जना पुगेको छ ।