पोखरा, २ असार । मंगलवार एकैदिन ३८० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६५९१ पुगेको छ । यसमध्ये ४९९ महिला र ६हजार ९२ जना पुरुष रहेका छन् ।
संक्रमित हुनेमा झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपुरका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङ्जाका ४ जना रहेका छन् ।
त्यस्तै अछामका १ जना, बैतडीका २१ जना, डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, रुपन्देहीका १ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना, रामेछापका १ जना, सल्यानका १ जना, दाङका ५६ जना, काठमाडाँै १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौटहटका १४ जना, रोल्पाका १ जना , रुपन्देहीका ३ जना र सर्लाहीका १६ जना रहेका छन् ।
मन्त्रालयका अनुसार मंगलवारसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ सय ३८ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट २ लाख २३ हजार ५ सय १९ को नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा पाँच हजार पाँच सय ३१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।
मंगलबार ११७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या एक हजार एक सय ५८ पुगेको छ।