चौरजहारी हत्याकाण्डको मूलकारण जातीय विभेदः अधिकारकर्मीहरू (प्रतिवेदनको पूर्णपाठसहित)

-


     मर्दी न्युज    
     २ असार २०७७ मा प्रकाशित


काठमाडौं । पश्चिम रुकुमको चौरजहारी हत्याकाण्डको मूलकारण जातीय विभेद रहेको निष्कर्ष अधिकारकर्मीहरूले निकालेका छन् ।

६ जनाको ज्यान जानेगरी भएको घटनाको अध्ययन गर्न दलित अधिकारकर्मी पहलमा स्वतन्त्र लेखक, पत्रकार, अभियन्ता, अधिकारकर्मी र अधिवक्तासहित सात जनाको टोली घटनास्थल पुगेर अध्ययन प्रतिवेदन मंगलवार सार्वजनिक गरेको हो । यही २३ जेठदेखि २७ जेठसम्म जाजरकोट, रुकुम (पश्चिम) पुगी घटनाको स्थलगत अध्ययन गरेको हो ।

घटनास्थल पुगेर गरेको विस्तृत स्थलगत अध्ययन प्रतिवेदनमा सो घटनाको मूल कारण जातीय विभेद नै भएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा उक्त क्षेत्रमा अहिलेसम्म दलित–गैरदलितबीच जातकै आधारमा विभेद र छुवाछुत कायमै देखिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनको पूर्ण पाठ