गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४७ पुग्यो

-


     मर्दी न्युज    
     ३ असार २०७७ मा प्रकाशित


पोखरा, ३ असार । गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीको नवलपुरमा १८ जना र पर्वतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितहरु नवलपुरकाको हुप्सेकोट गाउँपालिकाका १४ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिका १ जना र पालिका नखुलेका १ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसै गरि पर्वत जिल्लाको फलेबास नगरपालिकाका २ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए ।

बुधवार थपिएकासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय ४७ जना पुगेका छन् । गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने हालसम्म १ जनाको मृत्यु भएको छ ।



Tags: