पोखरा, ३ असार । बुधवार एकैदिन ५८६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवारसम्म कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ ।
संक्रमित हुनेमा उदयपुरका ४ जना, सिराहका १, मोरङका ९ जना, झापाका २ जना, धनुषाका २६, महोत्तरीका २०० जना, बाराका ७ जना, रौतहतका १२७ जना, कपिलवस्तुका १० जना, रुपन्देहीका ७ जना, सर्लाहीका ६ जना र प्युठानका ३८ जना रहेका छन् ।
त्यस्तै कैलालीका १ जना, पर्वतका ३ जना, नवलपुरका १७ जना, गुल्मीका २६ जना, अर्घाखाँचीका १२, बाँकेका १ जना, बर्दियाका ३१ जना, दाङका ८ जना, सल्यानका २५ जना, सुर्खेतका २ जना, दैलेखका २ जना, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन ।
मन्त्रालयका अनुसार बुधवारसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा पाँच हजार ९ सय ९० जना रहेका छन । ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
बुधबार मात्र ९ जना डिस्चार्ज भएका छन् । योसँगै एक हजार एक सय ७५ जनाले कोरोनालाई जितेका छन् । बुधबार एकजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या भने २० पुगेको छ ।