पोखरा, ४असार । विहीवार मनाङमा एक जनासहित थप ४२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले विहीवार बिहान विज्ञप्ति जारी गर्दै अघ्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ |
मनाङको १ जना कपिलबस्तुबाट फर्किएको हो भने अरु सबै भारतबाट आएकाहरु हुन ।
त्यस्तै अन्य संक्रमितमध्ये नवलपुरका १८ जना, तनहुँका १२ र गोर्खाको ११ जना रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन ।