पोखरा । गण्डकी प्रदेशमा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनाल गण्डकीले ५ जिल्लाका गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
निर्देशनालयले बिहीबार बिहान ९ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार नवलपुरमा १३, स्याङ्जामा ९, पर्वतमा ४, तनहुँमा ३ र बागलुङमा १ संक्रमित थपिएका हुन् ।
यसअघि आज बिहान बिहान ५ः ४५ बजेको विज्ञप्तीमा ४२ जना, बिहान ८ बजेको विज्ञप्तीमा पाँच जना थपिएका थिए । अहिले थपिएका ३० सहित गरेर गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।