संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

-


     मर्दी न्युज    
     ४ असार २०७७ मा प्रकाशित


काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित सांसदहरू सबैले पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभाका ५७ सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

राष्ट्रिय सभामा एकजना मनोनित सांसदको सिट रिक्त छ भने अध्यक्ष मतदानमा सहभागी हुँदैनन् ।उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो ।

अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए ।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन ।